You are viewing the translated version of निर्देशिका तथा कार्यविधि बनाउन सक्ने.

Section 93
निर्देशिका तथा कार्यविधि बनाउन सक्ने
विभागले यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको अधिनमा रही देहायका विषयमा निर्देशिका वा कार्यविधि बनाउन सक्नेछः-

(क) मालवस्तुको मूल्याङ्कन सम्बन्धी,

(ख) छनौट प्रणाली बमोजिम मालवस्तुको जाँचपास सम्बन्धी,

(ग) जाँचपासपछिको परीक्षण सम्बन्धी,

(घ) राहत सामग्री जाँचपास सम्बन्धी,

(ङ) विद्युतीय घोषणा, जाँचपास एवं राजस्व भुक्तानी सम्बन्धी,

(च) निकासी पैठारी संकेत नम्बर प्रदान गर्ने सम्बन्धी,

(छ) प्रतिस्पर्धाको आधारमा करमुक्त पसल सञ्चालन सम्बन्धी,

(छ१) राष्ट्रिय एकद्वार प्रणाली सञ्चालन सम्बन्धी,

(ज) भन्सारको कार्यसम्पादनसँग सम्बन्धित अन्य विषय सम्बन्धी ।